लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन सम्पन्न, ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 07:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चितवनको सौराहामा व्यवस्थापन सम्मेलन २०७८ सम्पन्न गरेको छ । मंसिर २२ देखि २४ गतेसम्म भएको उक्त सम्मेलनमा ब्यवस्थापन समूह र शाखा प्रमुखहरुको उपस्थिती रहेको र  सम्मेलनले वर्तमान परिवेशको शुक्ष्म विश्लेषण गर्दै आवश्यक रणनीति तय गरेको कम्पनीले जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज प्रकाश शर्माले उक्त कार्यक्रमको उदघाटन गर्दैे वित्तीय सुशासन, कारोवा।रमा पारदर्शीता, आन्तरीक श्रोत परिचालन, सेवा प्रवाहमा प्रविधिको प्रयोग सहितको ग्राहकको चाहना अनुसारको सेवा आजको आवश्यकता रहेको विषयमा प्रकाश पारेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शर्माले शाखा प्रबन्धकहरुलाई ट्यावलेट हस्तान्तरण गर्दै सम्पूर्ण शाखाबाट ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ भएकोे घोषणा गरेका छन् ।

  कार्यक्रमको अन्तिम दिन उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई  'वर्षको उत्कृष्ठ शाखा' सम्मानवाट पुरस्कृत गरिएको र केन्द्रीय तथा प्रादेशीक स्तरका उत्कृष्ठ कर्मचारीहरुलाइ 'वर्षको उत्कृष्ठ कर्मचारी'उपाधिवाट सम्मान तथा पुरष्कृत गरिएको कम्पनीले जनाएको छ। 

३ दिने कार्यक्रम समापन गर्दै संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थाको समग्र उपलब्धिमा कर्मचारीको विशेष योगदान रहने भएकोले त्यसमा निरन्तर लागीरहन आग्रह गरेका छन् । लक्ष्मी लघुवित्तलाई एउटा उत्कृष्ठ लघुवित्त संस्था वनाउन आवश्यक सहयोग गर्न सञ्चालक समिति र लक्ष्मी वैंक प्रतिवद्ध रहेको उनले बताए। 

लक्ष्मी लघुवित्तले २०७८ कार्तिक मसान्त सम्ममा ५५ वटा जिल्लामा आफ्नो कारोबार संजाल बिस्तार गरि सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved