एनएमबि लघुबित्त र केवाइसी म्यानेजमेन्ट सिस्टमबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 05:15:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्वन्धी सम्पुर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसंग सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपाल का प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन्। 

 केवाइसी म्यानेजमेन्ट सिस्टम लागु भए पश्चात् वित्तीय संस्थामा आवद्घ ग्राहकहरुको ब्यक्तिगत विवरण अभिलेख ब्यवस्थित र बिश्वसनीय हुनुका साथै ग्राहकहरुले अनलाइनवाट खाता खोल्न सक्ने सुविधा समेत रहेको बताइएको छ । 

एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त बित्तीय संस्था नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुबित्त बित्तीय संस्था हो । यस बित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका बिभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाइ लघुवित्त सेवा प्रदान गदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved