ग्लोबल आइएमई लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 02:51:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्तले प्रदेश नं. १, २ र ५ अन्र्तगत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । 

पौष २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्ला स्थित पोखरीया शाखा र प्रदेश नं. ५ को रामपुर शाखाबाट कार्यक्रम शुरुवात गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रत्येक शाखामा उत्कृष्ट केन्द्र सञ्चालन गर्ने ७ वटा केन्द्र प्रमुखहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वित्तीय संस्थाबाट कर्जा लिई व्यावसाय सञ्चालन गर्दै सफल भएका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बचत के हो ? कर्जा सदुपयोग कसरी गर्ने ? पारीवारिक बजेट कसरी बनाउने ? र्बैक वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्दा के फाइदा हुन्छ ? नोट किन सफा राख्नुपर्छ भन्ने जस्ता विषयमा स्थानीय भाषामा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका प्रबन्धक दिवसराज ओली, अनुगमन अधिकृत सिताराम महतो तथा प्रकास लामिछानेले सहजीकरण गरेका थिए प्रत्येक शाखाहरुमा कम्तिमा ६५ जना सदस्यहरु तथा अभिभावकहरुको सहभागीता रहेको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved