४१ लघुवित्तमा १६ बैंकको क्रस होल्डिङ, यी लघुवित्तहरु मात्रै मर्जरमा जान बाध्य (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 09:30:59 AM मा प्रकाशित

laxmi  sunrise bank

हाल सन्चालनमा रहेका लघुवित्तहरु मध्ये ४१ वटा लघुवित्त वित्तीय सँस्थामा १६ वटा बैंकहरुको क्रस होल्डिंङ देखिएको छ। जसमा ४ वटा लघुवित्तमा एकै बैंकको ५१ प्रतिशत भन्दा बढी लगानी देखिएको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुनै एउटा लघुवित्तमा कुनै बैंक वित्तीय सँस्थाको ५१ प्रतिशत लगानी छैन भने त्यस्तो सँस्थाहरु मर्जर तथा प्राप्तिमा अनिवार्य रुपमा जानुपर्नेछ। 

ग्लोबल आइएमई लघुवित्त, एनएमबि लघुवित्त, लक्ष्मी लघुवित्त र एनआईसी एसिया लघुवित्तमा सम्बन्धित बैंकको ५१ प्रतिशत भन्दा बढी सेयर भएकाले यी सँस्था मर्जर तथा प्राप्तिमा जान बाध्य हुने छैनन्। 

तर जुन लघुवित्तमा क, ख र ग बर्गको स्वामित्व जोड्दा ५१ प्रतिशत पुग्दैन ती सँस्थाहरु भने मर्जर तथा प्राप्तिमा जान बाध्य हुनेछन्। 

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालका अनुसार जुन सँस्थामा क, ख र ग बर्गको सेयर ५१ प्रतिशत पुग्दैन त्यस्तो सँस्था अनिवार्य रुपमा मर्जर तथा प्राप्तिमा जानुपर्छ भनेको हो। तर जुन लघुवित्तमा क, ख र ग बर्गको कुनै पनि सँस्थाको ५१ प्रतिशत भन्दा बढी छ ती सँस्था मर्जर तथा प्राप्तिमा जानु पर्दैन। 

उनले भने, 'राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाले एउटासम्ममा लगानी प्रवर्द्धन गर्न सक्छ भनेको हो तर एकै सँस्थाले पाएजति सबै लघुवित्तमा लगानी छर्न भनेको होइन।'  

नेपाल राष्ट्र बैंकले हिजो सोमबार पुष १९ गते दोहोरो लगानी (cross holding)  भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको हो। 

निर्देशनमा दोहोरो लगानी (cross holding)  भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानको लागि कार्ययोजना पेश गर्न निर्देशन दिईएको छ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ' इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु वीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा वढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ ।'

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ मौद्रिक नीति सार्वजनिक गर्दै  वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरिने उल्लेख गरेको थियो । सोहिको कार्यन्वयनको लागि राष्ट्र बैंकले सर्कुलर जारि गरेको हो । 



(उल्लेखित तथ्यांक सम्बन्धित कम्पनीका वार्षिक प्रतिवेदन तथा अन्य स्राेतबाट लिईएको हो।)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved