मर्जरपछि युनिक नेपाल र घोडीघोडा लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 10:37:01 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरे पश्चात पुस गते ३० शुक्रबारबाट एकिकृत कारोबार शुभारम्भ गर्ने भएको छ । युनिक नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो।

 बाँके जिल्ला, कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  कञ्चनपुर जिल्ला श्रीपुर बेलौरी नगरपालिका वडा नं. ४. बेलौरी मा केन्द्रीय कार्यालयरहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्ज गरेको हो । 

युनिक नेपालको असोज ८ गतेको र घोडीघोडाको असोज १६ गतेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृत  प्रदान गरेको थियो।  त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २० गतेको पत्रबाट मर्जर हुने संस्था घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित खायित्वहरु प्राप्त गर्ने संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखाङ्कन हिसावमा समायोजन गर्नु पर्ने गरी स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

 मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोड, बाँकेमा नै रहने छ । कारोबार शुभारम्भ हुने उल्लेखित दिनमा दुबै वित्तीय संस्थाका सम्पूर्ण कार्यालयहरुमा कार्य सञ्चालन बन्द हुने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved