ग्लोबल आइएमई लघुवित्तद्वारा सिपमुलक तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 06:49:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बिजयपुर शाखाले सदस्यहरुको लागि आधारभुत तिन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको छ । कास्कीको बिजयपुरमा माघ २ गते देखि शुरुभई ४ गते समापन भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५वटा केन्द्रका सदस्यहरु सहभागी भएको शाखाले जनाएको छ ।

शाखाका अनुसार तालिममा डल÷कुशन लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो । कार्यक्रम समापनको क्रममा वित्तीय संस्थाका शाखा प्रवन्धक अनिश पोखरेलले सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह मात्र नगरी यस्ता शिपमुलक तालिमहरु आयोजना गरी आम्दानीका स्रोत बढाउन, बचत गर्न तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्दै आइरहेको साथै यस्ता शिपमुलक तालिमहरु आगामी दिनहरुमा समेत संचालन गरिने बताए । 

कार्यक्रममा प्रदेश प्रमुख विनोद पराजुलीले सहभागीहरु त्था प्रशिक्षकलाई प्रमाण–पत्र वितरण गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved