आँधिखोला लघुवित्तका अध्यक्ष केसीले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 07:02:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त वित्तीय संस्थाका अध्यक्ष नरेश केसीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले बुधबार नेपाल राष्ट्र वैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख निर्देशक डा. रामशरण खरेल समक्ष वैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा (१) बमोजिम पद तथा गोपनियताको सपथ लिएका हुन् । 

नरेश के.सी कम्पनीको पुस ३० गतेको पाँचौ साधारणसभा बाट सदस्य तथा सोही मितिमा वसेको सञ्चालक समितिको प्रथम वैठक वाट पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए । 

 कम्पनीले हाल चुक्ता पुँजी १० करोड र २ प्रदेशमा १९ वटा शाखा कार्यालय मार्फत १९५०० सदस्यलाई सेवा प्रदान गर्दे आएको छ भने संस्थाको कर्जा लगानीमा रहिरहेको रकम १ अर्व २० करोड र वचत परिचालन ४० करोड भन्दा वढि रहेको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved