राष्ट्र उत्थान लघुवित्तको ९६औं शाखा महोत्तरीको एकडारा गाउँपालिकामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 03:39:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले महोत्तरीको एकडारा गाउँपालिकाका वडा न.३ भटौलियामा शाखा सञ्चालनमा ल्याएको छ । लघुवित्तको यो ९६ औं शाखा हो ।

७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको यस कम्पनीको सबैभन्दा धेरै शाखा भने २ नम्बर प्रदेशनमा रहेको छ । २ नम्बर प्रदेशमा कम्पनीको ३१ वटा शाखा छ । कम्पनीका कार्यकारी निर्देशक सुधिर प्रसाद लोहनीका अनुसार मधेश प्रदेशमा लघुवित्तहरु मध्ये राष्ट्र उत्थान लघुवित्त कै सबैभन्दा शशक्त उपस्थिति रहेको छ । कम्पनीको केन्द्रिय कार्यालय भने काभ्रेको बनेपामा रहेको छ । 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले  प्रति कित्ता १ सय रुपैयाँका दरले आगामी फागुन ४ देखि फागुन ८ सम्मको लागि ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्दै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved