वोमी र सुर्योदय लघुवित्तले पाए मर्जरको लागि अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 06:43:16 PM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था Womi Microfinance Bittiya Sanstha  र सुर्योदय लघुवित्त वित्तीय संस्था Suryodaya Laghubitta Bittiya Sanstha ले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन्  । नेपाल राष्ट्र बैंकले फागुन ५ गते यी २ संस्थालाई  एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो  ।  

दुई संस्थाबीच गत भदौ १५ गते गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको थियो  ।  वोमी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सुर्योदय लघुवित्तको केन्द्रिय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ । वोमी लघुवित्तको चुक्ता पुंजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको चुक्ता पुंजी २४ करोड ८० लाख रहेको छ 

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने छ  ।  

मर्जर प्रक्रिया टुंगोमा पुर्याउन संयुक्त मर्जर कमिटि गठन गरिएको थियो । संयुक्त मर्जर कमिटिमा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् भने सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा  र एक बहादुर गोदार रहेका छन्  । सम्झौता अनुसार हाल सुर्योदयका सीईओ मर्जरपछि बन्ने संस्थाको सीइओ बन्नेछन् भने हाल ओमीका सीइओ मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ रहने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved