अहिलेको अर्थतन्त्रको अवस्था भूकम्प र नाकाबन्दीको बेला भन्दा पनि दयनीय : बिष्णु पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 11:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका महासचिव बिष्णु पौडेलले नेपालको आजको अर्थतन्त्रको अवस्था भूकम्प र नाकाबन्दीको बेला भन्दा पनि दयनीय अवस्थामा रहेको बताएका छन्। माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालको दोस्रो बार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा उपस्थित भएका पौडेलले नेपालको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेको बताएका हुन्।

उनले भने, 'जुनै सूचक हेर्यो भनेपनि आत्तिनु पर्ने अवस्था छ, आर्थिक दृष्टिकोणले नेपाल निकै अप्ठ्यारो अवस्थामा छ, अवस्था यति दयनीय छ कि नेपाललाई ऋण दिनलाई पनि नपत्याउने ठाउँमा पुग्ने खतरा छ।'

अर्थतन्त्रका सबै क्षेत्रमा देखिएको नकारात्मक पाटोको असर लघुवित्तमा पनि देखिनु स्वभाविक भएपनि अर्थतन्त्रलाई भिरबाट खस्न नदिन राष्ट्रिय छलफल र बलियो समझदारीको आवश्यक पर्ने उनले बताए। समाज, राजनीति र आर्थिक क्षेत्रमा सरकारका नीतिहरुले लघुवित्तमा पनि प्रभाव पर्ने भएकाले अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र लघुवित्तबीच सहकार्य हुनुपर्ने उनले बताए।

अर्थमन्त्रालय, राष्ट्र बैंक र लघुवित्त एक अर्काका पुरक भएकाले समस्याको समाधानका लागि एक ठाउँमा बसेर छलफल गर्नुपर्ने उनले बताए। यसका लागि लघुवित्तहरुको संचालकहरुको छाता संगठन माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल, एमफानलाई समन्वय गर्नसमेत उनले सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved