माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 02:28:04 PM मा प्रकाशित

laxmi  sunrise bank

 लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए ।

सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैकले एसोसिएसन सगँ सहकार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तको माध्यमवाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सृजना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ, यस बिषयमा सरकारले एसोसिएसन सगँ सहकार्य गरि अगाडी बढ्नुपर्ने बताएका हुन् । पौडेलले लघुवित्त प्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि व्यत्त गरेका थिए । 

बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।  सभामा लघुवित्त बिषयमा बिद्यावारिधी गरि बिज्ञता हासिल गरेका पाँच जनालाई बिषेश सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, पूर्व सचिव डा.मान बहादुर बिश्वकर्मा,त्रिभुवन बिश्वबिद्यालयका प्रध्यापक डा.पुष्पराज शर्मा,त्रिभुवन बिश्वबिद्यालयका उप प्रध्यापक डा.भरत सिंह थापा र अर्थविद नरहरी ढकाललाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

एसोसिएसनको उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सवैजनालाई स्वागत मन्तव्य व्यत्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत कर मध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापना गरि उत्त कोषवाटनै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहज हुने बताएकी छिन् ।

बन्दसत्रमा एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लघुवित्त क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकार,नेपाल राष्ट्र बैंक सगँ निरन्तर कुरा उठाईरहेको बताएका छन् ।  अध्यक्षले सभामा प्रस्तुत प्रगति प्रतिवेदन सहित प्रस्तावित कार्यक्रमहरु सर्वसहमतीमा पारित भएको थियो भने बन्दसत्रमै एसोसिएसनका कोषाध्यक्ष नरेश केसीले प्रस्तुत गरेको बार्षिक आर्थिक प्रतिवेदन पनि सर्वसहमतीमा पास भएको थियो । सभामा ५० लघुवित्तका ६० जना अध्यक्ष तथा संचालकहरुको सहभागिता रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved