राष्ट्र उत्थान लघुवित्तको 'युनुस पोखरा' शाखा संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 05:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्तले पोखराको चौथेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  यो राष्ट्र उत्थान लघुवित्तको ९९ औं शाखा हो ।

बंगलादेशको ग्रामिण ट्रस्टका प्रबन्ध निर्देशक अब्दुल हेई खानले उक्त शाखा उद्घाटन गरेका हुन्  । लघुवित्तका पिता बंगलादेशी प्रोफेसर युनुस खानले  ग्रामिण ट्रस्ट स्थापना गरेका हुन्  । उनी ट्रस्टको अध्यक्ष पनि हुन्। राष्ट्र उत्थान लघुवित्तले युनुस खान कै सम्मानमा पोखराको चौथेमा संचालनमा ल्याईएको शाखाको नाम युनुस पोखरा शाखा नामाकरण गरेको छ  । 

शाखा उद्घाटन गर्दै अब्दुल हेई खानले राष्ट्र उत्थानको मुख्य संस्थापक रहेको नेरुड़ोसँगको दशक पुरानो सम्बन्धको चर्चा गर्दै राष्ट्र उत्थान लघुवित्तलाई चाहिने सहयोग गर्न तत्पर रहेको बताए । शाखा उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष प्रेम कार्की, नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख डा, राम शरण खरेल, कम्पनीका प्रबन्ध निर्देशक सुधिर प्रसाद लोहनी लगायत उपस्थित थिए। नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख डा, राम शरण खरेलले लघुवित्तले ग्रामिण ट्रस्टसँग मिलेर विपन्न क्षेत्रको उत्थानको प्रसंशा गरेका छन् ।

कार्यक्रममा लघुवित्तका प्रबन्ध निर्देशक लोहनीले लघुवित्तको काम कारवाहीबारे जानकारी दिएका थिए  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved