सूर्योदय वोमी लघुवित्तको सीईओमा पंगेनी नियुक्त, आचार्यलाई कम्पनी सचिवको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 01:36:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोक्ष प्रसाद पंगेनी चयन भएका छन् । वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज भएपछि आजबाट एकिकृत कारोबार सुरु भएको हो । 

शनिबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले पंगेनीलाई २०७८ चैत १९ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

त्यहीँ बैठकले तत्कालीन वोमी लघुवित्तका सीईओ प्रमेश आचार्यलाई नयाँ बनेको सूर्योदय वोमी लघुवित्तमा कम्पनी सचिवसहित नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । 

वोमी र सूर्योदयले मर्जर सम्झौताको ७ महिनापछि चैत १९ गतेबाट सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । यी दुईबीच भदौ १५ गते मर्जर सम्झौता भएको थियो ।

वोमी र सूर्योदय एक बराबर एकको स्वाप रेसियोमा मर्ज भएका हुन् । 

मर्जर पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई चयन गरेको छ । संस्थापक सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालकमा बिन्दीया श्रेष्ठ प्रधान, अनन्त कुमार श्रेष्ठ,नरेन्द्र कुमार प्रसाई र गुडाखर सापकोटा चयन भएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णराज सिलवाल र तारा शर्मा नियुक्त भएका छन् । स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा चयन भएका छन् ।

२ लघुवित्त कम्पनी एक आपसमा मर्ज भएपछि एकीकृत संस्थाको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ पुगेको छ । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ साँगामा रहने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved