विद्युतीय चुलो सम्बन्धी अभिमुखिकरण तथा प्रर्दशनी कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 06:31:07 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तद्वारा नेपाल नवीकरणीय उर्जा कार्यक्रमको सहयोगमा संस्थामा आवद्ध समुह सदस्यहरुलाई लक्षित गरी बुटवल, रुपन्देहीमा विद्युतीय चुलो सम्बन्धि अभिमुखीकरण तथा नमुना प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षता तथा बेलायती राजदूतावास काठमाण्डौको उप विकास निर्देशक हेडी टाभकोलीको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेडीले महिला दिदी बहिनी जो घरको किचनमा बढी समय विताउनु हुन्छ उहाँहरुको स्वास्थ्य र सहजताको लागि विद्युतीय चुलो अत्यन्तै महत्वपूर्ण हुने बताईन् । 

उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बी.के., बेलायती राजदूतावास काठमाण्डौबाट रेसा पिया, कविन्द्र सुब्बा र नेपाल नवीकरणीय उर्जा कार्यक्रमका तर्फबाट अच्युत हरी अर्याल, रविन शर्मा, वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत श्रीराम पोख्रेल लगायतको सहभागीता रहेको थियो । 

बेलायती राजदूतावास काठमाण्डौं, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम र जनउत्थानको व्यवस्थापन समुह बीच परियोजनाको बारेमा छलफल पश्चात करिव १०० जना भन्दा बढी समुह सदस्यहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा विद्युतीय चुलोको फाइदा, बेफाइदाका बारेमा अभिमुखीकरण गर्नुका साथै सि.जि. कम्पनीका प्राविधिकहरुले समुह सदस्यहरुको बीचमा विद्युतीय चुलोमा पानी तताएर नमुना प्रर्दशनी गरिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved