रुपन्देहीको फर्साटिकरमा सबैको लघुवित्तद्वारा तरकारी खेती तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 03:52:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २७ जना ग्राहक सदस्यहरुको सहभागितामा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा “ब्यवसायिक तरकारी खेती तालिम” प्रदान गरेको छ । 

संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार तालिममा प्रशिक्षक शिशिर अधिकारी, खेम राज भण्डारी, पवन कुमार श्रेष्ठ, विक्रम उपाध्याय र राम बहादुर आले रहेका थिए ।

करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग वाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले बताएका थिए । संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए । 

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई देवदह नगरपालिका—३, सिसपुर स्थित देवदह ग्रिन एग्रो रिसर्च एण्ड रिसोर्स प्रा.लि.को ५ विगाहामा फैलिएको कृषि फार्म तथा देवदह नगरपालिका पाँकरी वृक्ष नजदिकैको बुद्ध एग्रो ग्रुप एण्ड रिसर्च प्रा.लि.का सञ्चालक तथा ब्यवसायिक कृषक श्री सुशिला भट्टराईको सतचालिस कठ्ठामा फैलिएको एग्रीनेट हाउस अवलोकन गरेका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत मन्तब्य राम बहादुर आलेले गरेका थिए । संस्थाका नयाँमिल मुकाम कार्यालयका सुपरीवेक्षण अधिकृत विक्रम उपाध्याय, कोसेवाली अनुसन्धान केन्द्र, खजुरा, बाँकेका प्रशिक्षक शिशिर अधिकारीले मन्तब्य राखेका थिए । 

शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र कँडेलले आफनो मन्तब्यको क्रममा ब्यवसायिक रुपमा तरकारी खेती गरेर फाइदा लिन जानकारी गराएका थिए । कँडेलले मूल्य कम भएको बेलामा स्थानीय क्षेत्रमा रहेको कोल्डस्टोरमा राख्न र मूल्य बढी भएको बखत कोल्डस्टोरबाट निकालेर विक्री गरी फाइदा लिन सुझाएका थिए साथै सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले शुद्धोधन गाउँपालिकाका दिदीबहिनीहरुलाई सहभागी गराई तालिम सञ्चालन गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।  

ब्यवसायिक रुपमा तरकारी उत्पादन गरेमा तरकारी खेतीबाट मनग्य फाईदा लिन सकिने रहेछ, ब्यवसायिक रुपमा तरकारी खेती गर्नमा यस तालिम फलदायि हुने सहभागीहरुले बताएका थिए । 

सबैको लघुवित्तले हाल ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा ७१ हजार ३ घरधुरीमा सेवा विस्तार गरेको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अरब ५९ करोड रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब २५ करोड बचत परिचालन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved