लघुवित्तीय संघर्ष समितिका कारण तनाबमा ऋषि धमलादेखि लघुवित्तका सीईओहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 10:11:53 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तीय सँस्था बिरुद्दको संघर्ष समितिले टेलिभिजनमा आएर लघुवित्तका बारेमा दिएका प्रतिकृयाले धेरैको तनाब बढाएको छ। कार्यक्रममा आएर लघुवित्तीय सँस्था बिरुद्दको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवाली तथा पिडित भनिने केहि व्यक्तिहरुले दिएको प्रतिकृयाले लघुवित्तकर्मी मात्र नभई कार्यक्रम संचालक तथा पत्रकार ऋषि धमला पनि तनाबमा परेका छन्। 

संघर्ष समितिका अध्यक्ष सहितको टोलिले टेलिभिजन कार्यक्रम मार्फत बोलेका बिषयहरु तथ्य र यथार्थ भन्दा बाहिर रहेको र यस्ता तथ्यहिन बिषय बाहिर ल्याउन सघाएको भन्दै लघुवित्तकर्मीमाझ मात्र नभई नेपाल राष्ट्र बैंकमा पनि आलोचना भएपछि पत्रकार ऋषि धमला पनि तनाबमा परेका हुन्।

कार्यक्रम मार्फत प्रस्तुत गरेका दाबी तथा घटनाहरुले लघुवित्तहरुले बर्षौंदेखि गरेका राम्रा काम र वित्तीय क्षेत्रमा पुर्याएको योगदानमाथि नै प्रश्न उठाएकोबारे पत्रकार धमलालाई जानकारी दिईएको थियो।  

पत्रकार धमलाले भने पिडितहरुलाई आफुले स्थान दिनुपर्छ भन्ने मान्यताअनुरुपनै संघर्ष समिति तथा उनको टिमलाई कार्यक्रममा स्थान दिएको जवाफ दिएका छन्। आफुले नियतबस लघुवित्तका कामलाई छायाँमा पार्न नखोजेको प्रतिकृया दिएका छन्।

यता लघुवित्त वित्तीय संस्थाहरुको सीईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघका वर्तमान अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संघर्ष समितिले प्रस्तुत गरेका बिषयहरुबारे आफुहरुको ध्यानाकर्षण भएको जानकारी दिएका छन्।

उनीहरुले प्रस्तुत गरेको तथ्य तथ्यहीन र उनीहरुका मागहरु लघुवित्तहरुको लागि दुर्भाग्य भएको शर्माको भनाई छ। 

"लघुवित्तहरुले नेपालको वित्तीय क्षेत्रमा मात्र नभई समग्र बिकासमा कति योगदान दिईरहेको छ भन्ने कुरा हामीले दाबी गर्ने कुरा होइन, तर आजको दिनमा कतिपय ठाउँमा बैंक भनेकै लघुवित्त भन्ने छाप परेको छ' अध्यक्ष शर्माले भने, 'संघर्षका नाममा हुने यस्ता गतिबिधिले हामीलाई जति निराश बनाएको छ, यस्तो हुनु दुर्भाग्य हो।"

त्यस्तै नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका सीईओ बसन्त लम्सालले संघर्ष समितिका नाममा अहिले भएका गतिबिधिहरु दुखद र दुर्भाग्यपूर्ण भएको प्रतिकृया दिएका छन्।

भएको के हो ?

गुल्मीबाट मनिराम ज्ञवालीको संयोजकत्वमा सुरु भएको लघुवित्तीय संस्था बिरुद्दको संघर्ष समितिले अहिले बिभिन्न ५ बूंदे माग राखेर लघुवित्त बिरुद्द आन्दोलन थालेको छ। 

लघुवित्तले २० प्रतिशतसम्म ब्याज लिएको, सेवा शुल्क नै २-३ प्रतिशत लिएको, बचतकर्तालाई ४-५ प्रतिशत मात्रै ब्याज दिएको, नेपाल राष्ट्र बैंकबाट २-३ प्रतिशत ब्याजमा सहुलियत कर्जा लिएर २० प्रतिशतसम्मको ब्याजमा ऋण दिएको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीको आरोप छ। 

अहिले लघुवित्तबाट कर्जा लिएका झन्डै ७० प्रतिशत ऋणीले कर्जा तिर्न नसक्ने, लघुवित्तबाट कर्जा लिएका अरु २२ प्रतिशतले पनि भविष्यमा ऋण तिर्न नसक्ने दाबी संघर्ष समितिको छ। त्यति मात्र नभई लघुवित्तबाट कर्जा लिएर मात्रै ८ प्रतिशतको हित भएको उनीहरुको दाबी छ। 

संघर्ष समितिले लघुवित्त वित्तीय संस्था खारेज हुनुपर्ने, लघुवित्तबाट लिएको ऋण मिनाहा हुनुपर्ने, गरिब किसानहरुलाई निशुल्क ऋण दिनुपर्ने लगायतका ५ बूंदे माग अगाडी सारेको छ।  

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved