महुली लघुवित्तले वृहत वृक्षारोपण कार्यक्रमका साथ मनायो ९औं बार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 10:39:09 PM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्त वित्तीय संस्थाले १० औँ बर्षमा प्रवेश गरेकोे उपलक्ष्यमा वृहत वृक्षारोपण कार्यक्रम गरि बार्षिक उत्सव मनाएको छ। महुलीले बार्शिकोत्सवको अवसरमा देशव्यापी रुपमै केन्द्रीय कार्यालय सहित सातै प्रदेशमा रहेको शाखा कार्यालयहरु मार्फत वृहत वृक्षारोपण कार्यक्रम गरेको हो। 

संस्थाको पन्च बर्षीय योजनामा वातावरण संरक्षण तथा कार्वन उत्सर्जन न्युनीकरणको लागि वृक्षारोपण गर्ने कुरालाई सार्थकता दिदै संस्थाले विभिन्न थरीका १५०० भन्दा बढि विरुवाहरु रोपिएको लघुवित्तले जनाएको छ। 

स्थानिय निकायका नवनिर्वाचित जनप्रतिनिधहरु, स्थानिय प्रशासन, वन उपभोक्ता समितिका सदस्यहरु, संस्थामा अवद्ध सदस्यहरु र संस्थामा कार्यरत कर्मचारीहरुको उल्लेखिय सहभागीतामा देशभरीका विभिन्न विधालय परिसर, मठमन्दिर आसपास, सार्वजनिक स्थानहरु र सामुदायिक वनक्षेत्रमा वृक्षारोपन गरिएको हो। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले ९ औँ बार्षिक उत्सवको अवसरमा वृक्षारोपणमा कर्मचारीहरुले देखाएको सकृयताको लागि कर्मचारीहरुलाई धन्यवाद दिदै सम्पुर्ण जिवजन्तु, समाज र विश्व वातावरणलाई नै प्रत्यक्ष सकरात्मक प्रभाव पार्ने वृक्षारोपण कार्यक्रम हरेक बर्ष गरिने जानकारी दिए।

यहि अवसरमा संस्थाका अध्यक्ष प्रभुनारायण चौधरी तथा  विधालय प्रशासनको उपस्थितिमा विष्णुपुर गाँउपालिका बडा नं. ६, गोरगाम, सप्तरी स्थित रुद्र माध्यामिक विधालयमा संस्थाको संलग्नतामा ६ लाख बराबरको आधुनिक शैचालय तथा खानेपानी निमार्ण गरी विधालयलाई हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रभुनारायण चौधरीले, “संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको शौचालय र खानेपानीले विधार्थी तथा विधार्थीको परिवारलाई स्वस्थ रहन धेरै मदत गर्ने छ । संस्थाले यस किसिमका सामाजिक कार्यक्रमहरु भविष्यमा पनि निरन्तर गरिरहने छौ” भने।

यसका साथै केन्द्रीय कार्यालयले बार्षिक उत्सवकै अवसरमा केन्द्रीय कार्यालय रहेको अग्नीसरवण–६, सप्तरीको बडा कार्यालयलाई २० वटा फोहोर व्यवस्थापनको लागि डस्बिन उपलब्ध गराएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुबित्त वित्तीय संस्था लि. ले ७ प्रदेशको ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत ७७,००० सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved