सुपर लघुवित्तका कामु सीइओ सहित ३ जना कर्मचारी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 11:57:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपर लघुवित्तका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सहित उच्च ब्यबस्थापनका ३ जना कर्मचारी पक्राउ गरेका छन्। दाङ प्रहरीले कम्पनीका कामु सीईओ बुद्धिराम चौधरी, तुल्सीपुर शाखामा कार्यरत सन्जिव चौधरी र बिजौरी शाखाका प्रमुख यशोदा थापालाई पक्राउ गरेको हो 

लघुवित्तका संचालक नरेन्द्र बहादुर चन्दले उनीहरु पक्राउ परेको पुष्टि गरेका छन् । कम्पनीमा ७२ लाख अनियमितता भएको उजुरीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी भएको आशंका गरिएको छ । यस विषयमा राष्ट्र बैंकले पनि अनुसन्धान गरिरहेको छ । 

लघुवित्तको केन्द्रीय कार्यालय दाङमा रहेको छ । यो एनजीओबाट लघुवित्त कम्पनीमा परिणत भएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved