निर्धन उत्थान लघुवित्तद्धारा ३ हजार सदस्यलाई पौने २ करोड अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 08:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई अनुदान प्रदान गरेको छ । लघुवित्तले कोरोनाले व्यवसायिक प्रभावित बनेका सदस्यहरुलाई वर्षाको समयमा राहत हुने हेतुले जनही ६ हजार रुपैयाँका दरले राहत अनुदान वितरण गरेको हो ।

लघुवित्तले आफ्ना १८१ शाखा कार्यालयबाट कुल १ करोड ८० लाख रुपैयाँ राहत अनुदान प्रदान गरेको जनाएको  । जसमा कोभिड–१९ ले व्यवसाय प्रभावित बनेका ग्राहक, विपद, गम्भिर प्रकृतिका रोग लागेका लगायत अन्य आपत्तीमा परि कर्जा किस्ता तिर्न अप्ठ्यारोमा परेका सदस्यहरुलाई ६ हजार रुपैयाँका दरले राहत वितरण गरेको हो । यसअघिका वर्षहरुमा पनि संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई यस्तो अनुदान प्रदान गरेको कम्पनीले जनाएको छ।

यसबाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग प्रदान गर्दै आइरहेको छ । लघुवित्तले हाल ७७ वटै जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर १८५शाखा कार्यालयबाट वित्तीय सुविधा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved