४४ प्रतिशतले बढ्यो थोक कर्जा प्रदायक लघुवित्तको मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2022 | 01:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु. १ अर्ब २२ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा ४४.२८ प्रतिशतले बढी हो। 

२०७८ चैत मसान्तमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा वृद्धि भएको हो । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. ३ अर्ब ८१ करोड र ब्याज खर्च रु. १ अर्ब ९६ करोड रहेको छ । 

समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा सामान्य वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्ममा खुद मुनाफा रु. ७ अर्ब ९७ करोड रहेकोमा १.१८ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ८ अर्ब ६ करोड पुगेको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. ३९ अर्ब १५ करोड र ब्याज खर्च रु. १९ अर्ब ३० करोड रहेको छ । 

यस अवधिमा सञ्चालित ६१ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved