आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्ज हुने, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 03:44:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता हुने भएको छ । दुई संस्थाबीच आज बुधबार मर्जरमा जाने सम्झौता हुन् लागेको हो ।

  १००:७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । जस अनुसार आंधीखोला लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता शेयर पाउने छन् । यद्यपि अन्तिम स्वाप भने डिडिएपछि तय हुने कम्पनीले जनाएको छ ।

यस अघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । तर मर्जर भाडिएपछि नेप्सेमा गत जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा भएको थियो । अब कम्पनीले फेरि मर्जर सम्झौता गरेसंगै एक महिना पनि नपुग्दै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।

सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आईपिओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved