
साना किसान विकास लघुवित्तले मर्जर समिति गठन गरेको छ । कम्पनीको संचालक समितको बैठकले उपयुक्त कम्पनीसँग मर्जमा जानको लागि आवश्यक निर्णय गर्नको लागि मर्जर समिति गठन गरेको हो।
कम्पनीले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने (मर्जर) वा प्राप्ति गर्ने (एक्विजिसन) सम्वन्धी विनियमावली २०७३ (चौथो संशोधन, २०७५ समेत)” को विनियम ५ बमोजिम मर्जर समिति गठन गरेको हो । यस सम्बन्धि प्रस्ताव कम्पनीको साधारणसभाबाट अनुमोदन हुनु पर्छ ।
कम्पनीले भनेको छ 'इच्छुक संस्थासँग गाभ्न गाभिन वा प्राप्त गर्ने सन्दर्भमा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन कर्ता नियुक्त गर्ने गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्झौता गर्ने तथा सो सम्वन्धी आवश्यक सम्पूर्ण प्रकृयाहरू अघि बढाउन यस वित्तीय संस्थाको तर्फबाट “वैक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने (मर्जर) वा प्राप्ति गर्ने (एक्विजिसन) सम्वन्धी विनियमावली २०७३ (चौथो संशोधन, २०७५ समेत)” को विनियम ५ बमोजिम संयुक्त मर्जर समितिको पदाधिकारीमा समेत रहने गरी मर्जर सम्बन्धी आवश्यक कार्यहरू गर्न मर्जर समिति गठन गर्ने र प्रस्तुत निर्णय अनुमोदन स्वीकृतिका लागि आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरियो।'