सबैको लघुवित्तद्वारा विद्यार्थीलाई युनिफर्म वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 08:04:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको छ । लघुवित्तले  तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरेको हो ।

युनिफर्म वितरण पश्चात पवित्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक जीव नाथ पौडेलले संस्थाले विद्यालयमा अध्यनरत विधार्थीलाई पोशाक वितरण गरेको धन्यवाद दिदै यस्ता किसिमका सामाजिक कार्यक्रमले संस्था प्रति समुदायको सकारात्मक प्रभाव पर्ने बताए । 

कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले  संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम सञ्चालन गदैं आई रहेको, स्थानीय स्तरमा विभिन्न सामाजिक संघ, संस्था, विद्यालयसँग सहकार्य गर्दै आई रहेको जानकारी गराएका थिए । साथै आगामी दिनहरुमा पनि थप विभिन्न रचनात्मक क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका थिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved