लक्ष्मी लघुवित्तद्धारा ग्राहकहरुलाई व्यवसायिक तरकारी खेती तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 08:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्तले धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक तरकारी खेती प्रदान गरेको छ । भदौ १ देखि २ गतेसम्म  गरि कुल २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहकहरुलाई सहभागी गराइएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार ग्राहक सदस्यहरुको सीप र क्षमता अभिवृद्धि लागि व्यवसायिक तरकारी खेती तालिम आयोजना गरिएको थियो । तालिमको माध्यमबाट कृषकहरुले स्थानिय स्तरमा उपलब्ध स्रोत र साधनहरुको उच्चत्तम उपयोग गरी कम लागतमा बढी मुनाफा गर्ने साथै तालिमले ग्राहक सदस्यहरुलाई सफल व्यवसायी बनाउन मद्धत पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ)  ओम प्रकाश भुसालले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved