
धौलागिरी लघुवित्त आईपिओ निष्काशन गरेलगत्तै मर्जमा जाने भएको छ। आईपिओ बाँडफाँड कार्यकममा कम्पनीका अध्यक्ष इश्वरलाल राजभण्डारीले अबको २० देखि २५ दिन भित्रमा कुनै अर्को लघुवित्त संस्थासँग मर्जरको लागि सम्झौता हुने बताएका हुन् ।
उनका अनुसार कम्पनीले विभिन्न ७ वटा कम्पनीसँग मर्जरको लागि कुराकानी भईरहेको छ। उनले ति मध्ये ५ वाट कम्पनीसँग मर्जरको लागि राम्रो कुराकानी भईरहेकोले कुनै न कुनै कम्पनीसँग २५ दिन भित्र मर्जरको लागि सम्झौता हुने सम्भावना छ । अहिले भईरहेको कुराकानी सकारात्मक रहेको र ३-४ वटा कम्पनीसँग कुराकानी धेरै अगाडी बढेकोले २५ दिन भित्र मर्जर वा प्राप्तिको सम्झौता हुने सम्भावना उच्च रहेको उनले बताए ।
कम्पनीले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड भएको हो। बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बुधबार बिहान आईपिओ बाँडफाँड गरेको हो ।
गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यी मध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।
आईपिओको नतिजा केहि समयपपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र धौलागिरी लघुवित्त कम्पनीको वेबसाइट https://dhaulagiribank.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।