
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरेर एकिकृत कारोबार सुरु गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट भदौ १५ गतेबाट एकिकृत कारोबार सुरु गरेको हो ।
एकिकृत कारोबारको अवसरमा बोल्दै वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहराले मिर्मिरेले बिगतको कोविड़-१९ को पहिलो र दोश्रो लक् डाउनको समयमा समेत २ वटा संस्था प्राप्ति गर्ने कार्य सम्पन्न गरेको बताए। उनले जटिल परिस्थिति र अवस्थामा समेत मिर्मिरे पछि नहटेको बताउदै हालको लघुवित्त क्षेत्रको बिरोध गर्नेहरुको समेत परवाह नगरी अघि बढी रहेको बताए । बर्तमान तरलताको समस्याको समयमा संस्थालाई आत्मनिर्भरता तर्फ डोर्याउन आफ्नै वित्तीय श्रोत व्यवस्थापन गर्न र कर्जा गुणस्तर व्यवस्थापन तर्फ अभिमुख रहेको उनले उल्लेख गरे ।
कम्पनीले शान्ता के.सी. कार्कीलाई संचालकमा नियुक्त गरेको छ । संस्थाको संचालक समितिको बैठकको निर्णयले कार्कीलाई नियुक्त गरेको हो । यस अघि बुद्द्ज्योती लघुवित्तको संचालक रहेकी कार्की रुपन्देही जिल्लाकि स्थानीय व्यक्तित्व हुन् ।
एफपिओको तयारी
मिर्मिरे लघुवित्तले एफ.पी.ओ. जारी गर्ने सम्बन्धमा धितोपत्र बोर्डलाई पत्राचार गरेको जनाएको छ । कम्पनीका अनुसार साबिकको बुद्ध ज्योति संस्थालाई प्राप्ति गर्दाको स्वाप रेशियो १:०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैया हुनेछ ।
साथै, नेपाल राष्ट्र बैंकबाट २०७९ श्रावण ३० गतेको स्वीकृति पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समुहको शेयर स्वामित्व प्रतिशत ७० : ३० कायम गर्ने प्रयोजनको लागी एफ.पी.ओ. जारि गर्ने स्वीकृति प्राप्त भएकोले प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए ।
एकीकृत कारोबार पश्चात मिर्मिरेको चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८, अधिकृत पुजी ६० करोड, शाखा संख्या १५१ हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १ सय त्रियानब्बे जना र निक्षेप संकलन २ अर्ब ६८ करोड तिन लाख ९ हजार ३ सय अठ्ठाईस रहेको छ ।