
लक्ष्मी लघुवित्तले मोरङ जिल्लाको दाम्राभिट्टा शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेती प्रदान गरेको छ । लघुवित्तले भदौ २४ गते देखि २५ गतेसम्म २ दिन तालिम संचालन गरेको हो ।
लघुवित्तका अनुसार तालिममा व्यवसाय उन्मुख ३७ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । तालिम उद्धाटन गर्दै रतुवामाई नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुण्य बहादुर कार्कीले तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पु¥याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गरेको कम्पनीले जनाएको छ ।
लघुवित्तका अनुसार तालिमको सहजीकरण रतुवामाई नगरपालिका अन्र्तगतका कृषि प्राविधिकहरु तारा देव राई, सन्जु तामाङ र प्रशु राम मण्डलले गरेका थिए ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।