
ग्लोबल आईएमई लघुवित्तले ग्राहकहरुलाई बाख्रा पालन तालिम प्रदान गरेको छ । कम्पनीको रौतहट जिल्ला स्थित समनपुर शाखा कार्यालयले ८० जना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम प्रदान गरेकोे हो ।
वित्तीय संस्थासग आबद्य सदस्यहरुको आम्दानीको श्रोत बृद्घि गराउने उद्देश्यका साथ तालिम संचालन गरिएको कम्पनीले जनाएको छ। तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभ कुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दाका फाइदा, बाख्रा पालन गर्ने तरिका तथा बाख्रालाई रोगलाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा तालिम दिएको कम्पनीले जनाएको छ।
कम्पनीले ११९ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीले ग्राहक सदस्यहरुलाई ८ अर्ब ५३ करोड ६६ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट २ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।