लक्ष्मी लघुवित्तद्वारा ग्राहक सदस्यहरुलाई बंगुरपालन तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 10:51:22 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्तले ग्राहक सदस्यहरुलाई बंगुर पालन तालिम प्रदान गरेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको टिकुलिगढ र नौ नम्बर तिलोत्तमा शाखाहरुमा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक बंगुर पालन तालिम प्रदान गरेको हो ।

भाद्र  २७ देखि ३० गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ४७ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको कम्पनीले जनाएको छ ।  तालिमको सहजीकरण तिलोत्तमा नगरपालिका अन्र्तगतका पशु प्राविधिकहरु राजु कुवर, त्रिविक्रम न्यौपाने र महेश गौतमले गरेका हुन् । 

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved