ग्लोबल आईएमई लघुवित्तद्वारा ‘डल’ बनाउने तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 07:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने तथा अवलोकन भ्रमण गराउने क्रममा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाका स्थित शाखा कार्यालय ताथलीबाट २० जना ग्राहक सदस्यहरुलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे छ । 

वित्तीय संस्थासग आबद्य सदस्यहरुको आम्दानीको श्रोत बृद्घि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा अध्यक्षता सोही शाखाका शाखा प्रमुख प्रदिप लामिछानेले गरेका थिउ ।

सो तालिममा रबिना रिजालले डल कुशन बनाउन प्रशिक्षण दिएका थिए । सो तालिम २०७९ साल भाद्र २९ गते सुरु भई भाद्र ३१ गते समापन भएको थियो । 

आर्थिक उपार्जनको बिभिन्न माध्यमहरु मध्ये डल तथा कुशन बनाउने तालिम पनि एक भएको र तालिमबाट प्राप्त सीपको प्रयोग गर्न सकिएमा आर्थिक उपार्जन गर्न सकिने कुरा प्रशिक्षक रबिना रिजालले बताइन् । 

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण कुन्ताबेशी अनुगमन स्टेशन कार्यालयकी प्रमुख अम्बिका दंगालले बितरण गरेका थिए । 

विगत आर्थिक बर्षहरुमा जस्तै यस आर्थिक बर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । 

हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १,४८,३४९ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ६४ करोड ४९ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट ३ अर्ब १ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । 

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा बिभिन्न किसिमका सीपमूलक तालिमहरु लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गदै जाने कुरा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत  हरिकृष्ण जोशीले जनाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved