आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 09:23:19 AM मा प्रकाशित

laxmi  sunrise bank
आशा लघुवित्त वित्तीय संस्थाले आज असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 
न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।  यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्री गर्न लागिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved