आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त मर्ज हुँदा स्वाप ७० कि ८९ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 01:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तले एक आपसमा मर्ज हुने सम्झौता पारित गरिसकेका छन् । दुवै कम्पनीको असोज ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् ।

मर्जर प्रस्ताव पारित भईसक्दा समेत मर्जरको स्वाप रेसियोलाई लिएर लगानीकर्ता माझ केहि अन्योल देखिएको छ । दुवै कम्पनीले विशेष साधारणसभाको सूचनामा स्वाप रेसियो प्रष्टसँग उल्लेख नगरेका कारण लगानीकर्ता माझ अन्योल देखिएको हो ।

आँधीखोला लघुवित्तका अनुसार बोनस बितरण गरेर मर्जमा जाँदा र बोनस बितरण नगरी मर्जमा जाँदा फरक फरक स्वाप रेसियो कायम हुने छ  । आँधीखोलाले  आर्थिक वर्ष २०७७/७८ मा प्रस्ताव गरेको २० प्रतिशत बोनश शेयर बितरण गर्दा कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख कायम हुन्छ  । बोनस बितरण गरेर मर्जमा जाँदा  सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको शेयर आदान -प्रदान अनुपात १००:७० कायम गरिने छ । अर्थात् आँधीखोलाको १०० कित्ता शेयर हुनेले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता शेयर पाउने छन्  । 

 तर नेपाल राष्ट्र बैंकले प्रस्तावित बोनस शेयर वितरण गर्न अनुमति नदिएमा हालको शेयर पुँजीलाई नै मानी मर्जमा जाने र १००:८९ शेयर आदानपदान अनुपात हुने कम्पनीले जनाएको छ । अर्थात् आंधीखोलाको १०० कित्ता शेयर हुनेले मर्जरपछि बन्ने कम्पनीको ८९ कित्ता शेयर पाउने छन्  ।

मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुने छ ।मर्जर पश्चात संस्थाको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा रहने र संस्थाको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष समेत सिवाईसी नेपालका साविकका पदाधिकारी नै रहने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved