लक्ष्मी लघुवित्तको १२ औं वर्ष पुरा, यसरी मनायो वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 02:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्तले बाह्रौ वार्षिकउत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले प्रदान गरेका लघुवित्त कार्यक्रम मार्फत ग्राहक सदस्यको जीवनमा भएका सकारात्मक परिवर्तनका कथा तथा समसामयिक विषयवस्तु समेटिएको “लक्ष्मी स्मारिका २०७९ ” बिमोचन गरेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बु र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन्। स्थापना दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने उद्धेश्यले शाखामा ग्राहक÷अभिभावक तथा विद्यार्थीहरुलाई वित्तीय÷डिजिटल साक्षरता, रक्तदान कार्यक्रम, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण, अनाथालयमा फलफूल, खाद्यान्न तथा झुल, सामाजिक अभियन्ताहरुको सहकार्यमा सरसफाइ संगै फोहोर संकलन सामग्री वितरणका कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ।

  केन्द्रीय कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको छ । साथै, काठमाण्डौको नागार्जुन न.पा.–१६ रानीवन स्थित मानव सेवा आश्रम मा सामजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामाग्रीहरु उपलब्ध गराईएको कम्पनीले जनाएको छ।

बाह्रौं बार्षिकोत्सवलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा तथा संस्थाका सञ्चालक समितिका अध्यक्ष लिम्बुले स्वागत मन्तव्यमा संयुक्त रुपमा हार्दिक बधाई तथा संस्थाको उत्तरोत्तर प्रगतीको कामना व्यक्त गरेका छन्।

संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लाहरुमा  ९० वटा शाखा कार्यालयहरु मार्फत १,०५,८८६ ग्राहक सदस्यहरुलाई प्रत्यक्ष वित्तीय सेवा पु¥याएको छ । प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै प्रविधी मैत्री कार्यक्रम÷सेवाहरु विस्तार गर्ने मुलभूत उद्धेश्य सहित अगाडी बढिरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved