सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्। दुई संस्थाबीच पुस १ गते शुक्रबार मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।
मर्जर सम्झौता भएसँगै नेप्सेमा सामुदायिक लघुवित्तका आधारभूत शेयरधनीको कारोबार रोक्का हुने छ । विपिडब्लु लघुवित्त भने नेप्सेमा सुचिकृत छैन।
यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ ।