लघुवित्त संस्थाहरुलाई २० देखि २५ वटामा झार्नु पर्छ: मन्त्री चौधरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 09:22:50 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लघुवित्त संस्थाहरु २०–२५ वटामा झार्नु पर्ने बताएकी छिन् ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले लघुवित्त संस्थाहरुको संख्या बृद्धिसंगै अस्वस्थ प्रतिस्पर्धा बृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरु २०–२५ वटामा ल्याई गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्नु पर्ने बताएकी हुन् । 

 मन्त्री चौधरीले लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदा हुँदै पनि  हाल लघुवित्त सम्बन्धमा देखिएका गैर कानूनी र नीति विपरितका गरिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको बताईन्।  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पु¥याएको र २२ औ वार्षकोत्सवले थप उर्जाका साथ कार्यक्षेत्रमा लाग्न मन्त्री चौधरीले शुभकामना दिएकी छिन् । 

 नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मूलुकको गरिवि निवारणमा पुर्याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तिकरणमा उत्कृष्ट प्ल्याटफर्म लघुवित्तले प्रदान गरेको बताए । उनले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्नु आवश्यक बताए । 

संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताईन्। लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा बृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने बताईंन्।  

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टले समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४५  शाखा कार्यालयबाट २ लाख ६३ हजार भन्दा बढि घरपरिवारलाई प्रत्यक्ष सेवा पु¥याएको बताए । वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved