लघुवित्तीय संस्था विरुद्दको संघर्ष समितिद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 09:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तीय संस्था विरुद्दको संघर्ष समितिले लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहित दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ। मंगलबार  संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाएकोले कडा आन्दोलनको घोषणा गर्नु परेको बताए ।

समितिले लघुवित्तिय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगाएतका पाँचबुँदे माग राखेका छन् । सो मागहरु पुरा गर्नका लागि फागुन १ गतेदेखि ३० गतेसम्म दोस्रो चरण्णको आन्दोलनको घोषणा गरेको छ ।

सो अनुसार फागुन १ गते पुर्व–पश्चिम राजमार्ग चौराहाहरुमा न्याय खोज्दै दिप प्रज्वलनसहित दिनको १२ बजेदेखि २ बजेसम्म सडकमा सुत्ने, फागुन २ मा ७७ ओटै जिल्ला मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुमा सहजिकरण पत्र बुझाउने, फागुन १६ गते ७७ ओटै जिल्ला प्रशासन अगाडी धर्ना, जुलुसका साथै विरोध प्रदर्शनहरु गर्ने, र फागुन ३० गते काठमाडौ केन्द्रित सिंहदरबार अगाडी विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष ज्ञवालीले बताए  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved