को थिए अनुसन्धान विभागको कर्मचारी भन्दै लघुवित्तको कार्यालयमा गएर रिपोर्ट माग्ने व्यक्ति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 06:12:40 PM मा प्रकाशित

laxmi  sunrise bank

माघको तेस्रो साता विभिन्न जिल्लाका लघुवित्त वित्तीय संस्थामा पुगेर रिपोर्ट माग गर्ने व्यक्तिहरु राष्ट्रिय अनुसन्धान विभाग कै कर्मचारी भएको पाईएको छ।  लघुवित्त बैंकर्स संघले उनीहरु विभाग कै कर्मचारी रहेको जानकारीमा आएको बताएको हो। लघुवित्तको विषयमा विभिन्न नकारात्मक कुराहरु आईरहेको बेला विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई पठाएको जानकारी पाएको संघले जनाएको हो।

राष्ट्रिय अनुसन्धान विभागका प्रहरी भन्दै अपरिचित व्यक्तिहरुले विभिन्न जिल्लाका लघुवित्तमा पुगेर विभिन्न रिपोर्टहरु माग गरेका थिए। तर, कुनै पूर्व जानकारी बिना नै अचानक अनुसन्धान विभागका कर्मचारी दाबी गर्दै पुगेपछि लघुवित्त कम्पनीहरु त्रसित बनेका थिए। कर्मचारी त्रसित बनेपछि लघुवित्त बैंकर्स संघले यस विषयमा राष्ट्र बैंक र राष्ट्रिय विभागमा पनि जानकारी माग गरेको थियो । राष्ट्र बैंकले सोहि समयमा नै राष्ट्र बैंकले त्यसरी कोहि कसैलाई नपठाएको जानकारी दिएको थियो । 

स्याङ्जा, ललितपुर, बनेपा, ताप्लेजुङलगायतका स्थानमा अनुसन्धान विभागकै परिचयपत्रसहित कर्मचारीहरु लघुवित्तका विभिन्न शाखामा पुगेका थिए। उनीहरु साच्चै नै अनुसन्धानका हुन् वा होईन् भनेर लघुवित्तका कर्मचारीहरु त्रसित भएका थिए। 

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । विभागका अनुसार नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने जिम्मेवारी विभागको रहेको छ। राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्‍याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार अन्तर्गत पर्दछ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको यो विभागको केन्द्रीय कार्यालय सिंहदरवारमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved