नयाँ व्यवस्था सहित लघुवित्तका लागि एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 03:21:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  ‘घ’ वर्गका इजाजतप्राप्त संस्था अर्थात लघुवित्त वित्तीय संस्थाका लागि केही थप व्यवस्थासहित संशोधित एकिकृत निर्देशन जारी गर्ने तयारी गरेको छ। लघुवित्त विरुद्ध चौतर्फी विरोध भइरहेको समयमा राष्ट्र बैंकले केही व्यवस्थाहरु परिमार्जन गरी एकिकृत निर्देशन ल्याउन लागेको हो। 

राष्ट्र बैंकले  “क”,“ख” र “ग” वर्गका इजाजतपत्र प्राप्त संस्थाहरु एकीकृत निर्देशन–२०७९ जारी गरिसकेको छ। यसरी नै अहिले देखिएका जल्दाबल्दा विषयलाई समेटेर  राष्ट्र बैंकले लघुवित्तलाई एकिकृत निर्देशन २०७९  जारी गर्न लागिएको जनाएको हो।

साथै लघुवित्तप्रति नियोजित रुपमा आक्रमण भएको भन्दै राष्ट्र बैंक गम्भिर भएको स्रोतले जनाएको छ। चौतर्फी उठेका विषयलाई लिएर राष्ट्र बैंकले आज वा भोलि विहिबार आफ्नो अधिकारिक धारणा समेत जारी गर्ने तयारी गरेको छ। 

स्रोतले भन्यो, ‘पहिला नै नियमक निकायकै हैसियतले केही कुराहरु स्पष्ट पार्नुपर्ने थियो। तर नियोजित रुपमा लघुवित्तमाथि आक्रमण हुँदै गएपछि आधिकारिक धारणा सार्वजनिक गर्छौ।’ अहिले लघुवित्त विरुद्धमा भएका र उठेका विषयवस्तुहरु नितान्तः लघुवित्तकै कारणले नउठेको राष्ट्र बैंकको दावी छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved