लघुवित्तको लागि पनि लिन र दिन पाउने ब्याजको अन्तर तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 06:13:31 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले लघुवित्तको लागि पनि लिन र दिन पाउने ब्याजको अन्तर तोकेको छ । राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

जस अनुसार लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप÷बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ । 

अब बैंकबाट कर्जा लिएकाले लघुवित्तबाट कर्जा लिन पाउने छैनन्।  वाणिज्य बैंक, विकास बैंक र फाइनान्स बाट ऋण लिएकाले लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गरेको हो । साथै लघुवित्तमा पनि एउटा मात्र बाट मात्र ऋण लिन पाइने छ ।

नयाँ निर्देशन अनुसार बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए÷नलिएको यकीन गर्नु पर्नेछ ।

 तर, यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।

साथै, साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा सत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved