लघुवित्तबाट लिन पाउने अधिकतम ऋणको सीमा तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 06:20:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अब लघुवित्तबाट ७ लाख भन्दा बढी ऋण लिन नपाइने भएको छ । राष्ट्र बैंकले आज लघुवित्तको लागि ८ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

जस अनुसार अब विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति बढीमा रु. ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ । तर, यस पूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

यस अघि  'विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिको हकमा' रु.१५ लाख रुपैयाँ सीमा कायम गरिएको थियो । राष्ट्र बैंकले यो व्यवस्था हटाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved