लघुवित्तका संचालकलाई अभिमुखीकरणको नाममा विदेश जान बन्देज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 06:29:18 PM मा प्रकाशित

लघुवित्तका संचालकहरुलाई प्रदान गरिने अभिमुखीकरण कार्यक्रम नेपाल मै गर्नु पर्ने भएको छ  राष्ट्र बैंकले आज लघुवित्तको लागि ८ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

संस्थामा नयाँ सञ्चालक नियुक्त÷मनोनित भई आए पश्चात् सम्बन्धित संस्थाले आफ्नो संरचना, व्यवसायको प्रकृति, संस्थागत सुशासन, संस्थागत रणनीति, व्यवसायिक योजना, सञ्चालकको कर्तव्य तथा उतरदायित्व, जोखिम व्यवस्थापनका सम्बन्धमा अपनाइएका रणनीति, समष्टिगत आर्थिक एवम् वित्तीय अवस्था, वर्तमान कानुनी व्यवस्था, प्रचलनमा रहेका बैंकिङ्ग सेवा तथा पद्धति र यस बैंकबाट जारी गरिएका निर्देशन आदि विषयहरु समेटी एक महिनाभित्र अभिमुखीकरण  गराउनु पर्नेछ ।

त्यस्तै  लघुवित्तले समग्र बैंकिङ्ग प्रणालीको संस्थागत सुशासन एवम् जोखिम व्यवस्थापनको गुणस्तर सुधार गर्नका लागि पारदर्शिता (Transparency), खुलासा (Disclosure), attefant द्वन्द्व (Conflict of Interest), अनुपालना (Compliance) अन्य नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा असल अभ्यास (Best Practice) समेटी आफ्ना सबै सञ्चालकहरुलाई आवश्यकतानुसार अभिमुखीकरण / पुनर्ताजगी गराउने व्यवस्था मिलाउन सक्नेछन् । यी दुवै खाले अभिमुखीकरण नेपालमा मात्र गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved