लघुवित्तमा नयाँ कर्मचारी भर्ना हुँदा १ महिना भित्र तालिम दिनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 06:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तमा नयाँ कर्मचारी भर्ना हुँदा १ महिना भित्र तालिम दिनु पर्ने भएको छ । राष्ट्र बैंकले आज लघुवित्तको लागि ८ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

नयाँ निर्देशन अनुसार संस्थाले कर्मचारीहरुलाई लघुवित्त कारोबार सँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक प्रदान गर्नु पर्नेछ । संस्थामा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ ।

संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण आफ्नो वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नुपर्नेछ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved