मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 09:58:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच मर्जर हुने भएको छ । बिहीबार दुई संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरका संस्था हुन् । समान चुक्ता पूँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा शेयर जारी गरि सकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा कारोबार समेत भइसकेको छ । मर्जर पछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरि प्रस्ताव गरिएको छ । 

कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३÷३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिने छ। साथै मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको छ । 

यस आ.व. को दोस्रो त्रैमास सम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ वटा शाखा मार्फत ४१,९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखा मार्फत ३४,३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved