नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले राष्ट्र बैंकबाट पाए मर्जरको सैद्धान्तिक सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 10:49:41 AM मा प्रकाशित

laxmi  sunrise bank

 नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् । राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९) बमोजिम एक आपसमा गाभ्ने/गाभिने (मर्जर) को लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो।

यी दुई संस्थाबीच मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो । नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved