किसान लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 07:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सन्तपुर, रौतहटले आज केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

शाखा कार्यालय सन्तपुर,रौतहटले  आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका ५५ वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए ।

केन्द्रीय कार्यालयको तर्फबाट बर्दिवास क्षेत्रीय प्रमुख बालकृष्ण कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धकले केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो र शाखाको हालसम्मको प्रगति विवरणको बारेमा सबैलाई जानकारी गराई कार्यक्रम सम्पन्न भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved