सबैको लघुवित्तद्वारा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 09:25:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि विकको अवसर  वित्तीय चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले  तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. १ पिप्ले स्थित पवित्रा माध्यमिक विद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा  वित्तीय सचेतना र्याली गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रवन्धक, विभागिय प्रमुखहरु, डुम्रे सुपरीवेक्षण अधिकृत, डुम्रे शाखाका शाखा प्रमुख, कर्मचारीहरु, पवित्रा माध्यमिक विद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु, पवित्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको सहभागितामा वित्तीय सचेतना र्याली गरिएको कम्पनीले जनाएको छ ।

 कम्पनीका अनुसार कार्यक्रमको अन्त्यमा कार्यक्रममा सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको थियो । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल र पवित्रा माध्यमिक विद्यालयका  प्रधानाध्यापक जिवनाथ पौडेलले उपस्थित विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकरी प्रदान गरेका थिए ।  

कम्पनीले रौतहट जिल्लाको मौलापुर शाखामा २०७९ चैत्र ७ गते पथरा बुधराम स्थित पथरा माध्यमिकि विद्यालयकको कक्षा १० मा अध्ययनरत ३५ जना विद्यार्थीहरुको सहभागितामा, सिन्धुपाल्चोक जिल्लाको साँगाचौक शाखामा २०७९ चैत्र ७ गते ४५ जना ग्राहक सदस्यहरुको सहभागितामा, बर्दिया जिल्लाको राजापुर शाखामा २०७९ चैत्र ८ गते ५३ जना ग्राहक सदस्यहरुको सहभागितामा, सिन्धुली जिल्लाको झाँगाझोली रातामाटा शाखामा २०७९ चैत्र १० गते श्री प्रगतिशील माध्यमिक विद्यालयको कक्षा ११ र कक्षा १२ मा अध्ययनरत ५५ जनाको सहभागितामा, कपिलवस्तु जिल्लाको महाराजगञ्ज शाखामा २०७९ चैत्र ११ गते ५० जना ग्राहक सदस्य, अभिभावक तथा स्थानीय युवाहरुको सहभागितामा, सिरहा जिल्लाको पतारीबजार शाखामा २०७९ चैत्र ११ गते ५० जना ग्राहक सदस्यहरुको सहभागितामा, दाङ जिल्लाको उरहरी शाखामा २०७९ चैत्र १२ गते अम्मर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत ५० विद्यार्थीहरुको सहभागितामा, महोत्तरी जिल्लाको सोनामा शाखामा २०७९ चैत्र १२ गते ५० जना ग्राहक सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता ताालिम सम्पन्न गरिएको जनाएको छ। त्यस्तै बर्दिबास मुकाम र सिक्टहन शाखाले पनि विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको संयुक्त आयोजनामा वित्तीय सचेतनामूलक ¥याली गरिएको कम्पनीले उल्लेख गरेको छ ।  

कम्पनीका अनुसार  २०७९ फाल्गुण २९ गतेदेखि २०७९ चैत्र १२ गतेसम्म ८ वटा शाखा कार्यालयहरुले नेतृत्व विकास तथा वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको छ। २०७९ चैत्र १५ गतेपछि ९ वटा शाखा कार्यालयहरुमा नेतृत्व विकास तथा वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको ७ वटा प्रदेश, ४३ वटा जिल्लामा ९० वटा शाखा, सम्पर्क कार्यालय, ६ वटा मुकाम कार्यालय, केन्द्रीय कार्यालय गरी ९८ वटा कार्यालयहरुको सञ्जाल रहेकोछ । २०७९ फाल्गुण मसान्तसम्ममा यस वित्तीय संस्थाको रु. ४ अर्ब १९ करोड ०६ लाख कर्जा लगानीमा रही रहेको र सोही अवधिसम्म वित्तीय संस्थाले आफना ग्राहक सदस्यहरुको रु. १ अर्ब ३७ करोड ५२ लाख बचत परिचालन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved