समस्याग्रस्त सुपर लघुवित्त व्यवस्थापन तथा संचालन गर्न राष्ट्र बैंकले माग्यो जनशक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 08:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि जनशक्ति माग गरेको छ । राष्ट्र बैंकले  लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले जेठ १७ गतेसम्म आवेदन दिइसक्न आग्रह गरेको छ ।  दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो कुल्ने प्रमाणपत्रसमेत),  र छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  

राष्ट्र बैंकका अनुसार संयोजक पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनु पर्ने छ । त्यस्तै सदस्य पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी पास गरी न्यूनतम ५ वर्षको कार्यानुभव प्राप्त गरेको लेखा विज्ञ हुनु पर्ने छ।

यस्ता छन् अन्य शर्त र सेवा सुविधाको विवरण   

१. सेवा अवधि : १ (एक) वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६ / ६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने) ।

२. दरखास्त दिने अन्तिम मितिमा उम्मेदवार ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

३. परीक्षाको किसिम : कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता ।

४. दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशन गरिनेछ ।

५.पारिश्रमिक तथा अन्य सुविधाहरू : संयोजकका लागि रु.१,२५,०००/- (अक्षरेपी एक लाख पच्चीस हजार मात्र) तथा सदस्यका लागि रु.१,०५,०००/- (अक्षरेपी एक लाख पाँच हजार मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ। दसैं खर्चबापत एक महिनाको पारिश्रमिकबराबरको रकम प्रदान गरिनेछ । सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन ।

६. काम गर्नुपर्ने कार्यालय : सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङ ।

७. दरखास्त फाराम छनोट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।

८. दरखास्त पेस गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ ।

९. दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण, व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनोट समितिको सचिवालयबाट उपलब्ध हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved