मौद्रिक नीतिको समीक्षा सकारात्मक छ, लघुवित्त र ऋणीलाई ठुलो राहत हुन्छ: बसन्त लम्साल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 01:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स संघका सल्लाहकार बसन्त लम्सालले राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सकारात्मक रहेको बताएका छन्। विजयी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्सालले राष्ट्र बैंकले समीक्षा मार्फत ल्याएको पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्थाले लघुवित्त क्षेत्रलाई ठुलो राहत पुग्ने बताएका हुन् ।

राष्ट्र बैंकले आफ्नो समीक्षामा 'वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ' भनी उल्लेख गरेको छ ।

सीइओ लम्सालका अनुसार यो व्यवस्थाले कर्जा तिर्न गाह्रो भएका लघुवित्तका ऋणीलाई राहत हुने छ । लघुवित्त विरुद्द नकारात्मक प्रचार समेत भईरहेको, ऋण नतिर्ने भन्दै लघुवित्त विरोधी आन्दोलन भईरहेको अवस्थामा राष्ट्र बैंकको पछिल्लो व्यवस्था ऋणीलाई थोरै भए पनि राहत हुने उनको भनाई छ ।

त्यस्तै यो व्यवस्थाले ऋणीलाई मात्र नभई लघुवित्त कम्पनीलाई पनि राहत हुने उनको भनाई छ । लघुवित्तको खराब कर्जा बढी रहेको, लघुवित्त वित्तीय अवस्था समेत प्रभावित भईरहेको सन्दर्भमा यो व्यवस्थाले कम्पनीलाई पनि राहत हुने सीइओ लम्साल बताउछन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved