मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 04:43:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार नेप्सेमा मिर्मिरे लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ । लघुवित्तले वितरण गरेको २३ प्रतिशतले हुन आउने १२ लाख २१ हजार ७  सय ७२.३९ कित्ता  बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो  

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २३ प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय गरेको थियो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्जर प्रक्रियामा रहेको छन् यी दुई कम्पनी समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन लागेका हुन्। मर्जरपछि बन्ने कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त हुने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved