युनिक नेपाल लघुवित्तको जेठ ११ बाट एफपीओ बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 10:04:32 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यही जेठ ११ गतेबाट एफपीओ निष्कासनगर्ने भएको छ।कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनी १०० रुपैयाँको दर मै एफपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्ज भई युनिक नेपाल लघुवित्तको नामबाट कारोबार भएको हो। संस्थागत र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपिओ निष्काशन गर्न लागेको हो ।

एफपीओको निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गते बैंकिङ समयपछि हुनेछ। युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved